बुधबारे । युवाहरुको संगठन बक्सर ब्वाइज युथ क्लबले आइतबार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

नवकिरण आधारभूत विद्यालय बुद्धशान्ति–३ का ४५ जना साना विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर बितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको सभापतित्व तथा बक्सर ब्वाइजका अध्यक्ष एलिन लिम्बुको प्रमुख आतिथ्यमा कपडा बितरण गरिएको हो ।

कार्यक्रममा वडा नं ३ वडा सदस्य पर्शुराम चेम्जोङ, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम श्रेष्ठ, पत्रकार तीर्थ तिम्सिना, बक्सर ब्वाइजका सल्लाहकार विनोद नेम्बाङ, सदस्य विनोद रिजाल, जेसम लिम्बू, राजन लिम्बू, सुरज धिमाल, विनोद राई, नेहन लिम्बू, मिग्मा राई, अर्जुन राई, सुमन लिम्बू, गौरव धिमाल, एलिसजंग नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

गत असोज २८ गते एक सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा संकलित भएको रकममध्ये बचेको रकमबाट उक्त कपडा वितरण गरिएको हो । कार्यक्रममा शिक्षक खेमराज कट्टेलले स्वागत तथा सञ्चालन छविन्द्र तिवारीले गरेका थिए ।