काठमाडौँ । अमेरिकन संस्था फुलब्राइटसँगको सहकार्यमा बाँससँग सम्बन्धित सामग्री उत्पादन गरिरहेको संस्था आबारीले नेपालमा बाँसको साइकल तयार पारेको छ ।

बाँसबाट बनेको साइकल मंगलबार ललितपुरको ढोकैमा क्याफेमा सार्वजनिक गरिएको छ । नेपालमा पर्याप्त पाइने बाँसबाट साइकल उत्पादन गरिएको आबारीका मेकानिकल इन्जिनियर अनुज आचार्यले बताए ।

यो साइकलमा पाङ्ग्रा, पाइडल र केही सामग्री बाहेक अन्यमा बाँस प्रयोग गरिएको छ । बाँसको साइकल बातावरण मैत्री हुने भएकाले अन्य केही देशमा निकै रुचाइएको छ ।

विशेषगरी घानामा बनाइएको बाँसका साइकल अन्य देशमा समेत खपत हुन थालेको छ । आबारीका मेकानिकल इन्जिनियर आचार्यले नेपालमा पनि यसको संभावना राम्रो हुनसक्ने बताए ।