झिलझिले । शिवसताक्षीको ८ नम्बर वडास्थित कल्याण चोकमा निर्माणाधीन कल्याणेश्वर शिवालय मन्दिर सञ्चालन सहयोगार्थ समावेशी पुराण आयोजना हुने भएको छ ।
आयोजक समितिका अनुसार पुस २७ गतेदेखि माघ ५ गतेसम्म श्रीमद् भागवत धन धान्याचल सप्ताह ज्ञानमहायज्ञ आयोजना हुने भएको हो । स्थानीय हर्क बस्नेतको स्मृतिमा श्रीमती प्रेमकुमारी बस्नेतले दिएको १५ धुर जग्गामा शिवालय मन्दिर स्थापना भएको हो ।
गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वााजले शिवलिङ्ग प्रदान गरेपछि गाउँमा मन्दिर निर्माण गरेर स्थानीय पुराण आयोजना गर्न एकजुट भएको आयोजक समितिका प्रवक्ता टेकबहादुर सिवाकोटीले बताए ।
कार्यक्रमको कथा व्यासमा युवा पण्डितद्वय राजु गजुरेल र उपवाचकत्वमा मदनमोहन अधिकारी रहने आयोजक समितिका अध्यक्ष देवीबहादुर कार्कीले जानकारी दिए ।