दमक । झापाको दमकमा आज बिहान ट्रिपरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक ४ स्थित कृष्णमन्दिर चोकमा बिहान करिब ६ः०० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ क ६४९ नम्बरको ट्रिपरले पैदलयात्री सोही ठाउँकी ६९ बर्षीया तुलसा गौतमलाई ठक्कर दिँदा गौतमको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज अधिकारीले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रिपर र ट्रिपर चालकलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।