बिर्तामोड । ‘सीआईबी प्रहरी हुँ’ भन्दै नगद असुली गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा झापा गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र ३ का २० वर्षीय जीवन दास रहेका छन् ।

बाह्रदशी गाउँपालिका–३ राजगढ बजारमा सोमबार स्थानीय व्यापारी अरफाक आलमसँग नगद ७ हजार रुपैयाँ असुली गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।