बिर्तामोड । किरात राई यायोक्खा बिर्तामोड नगर समितिको प्रथम अधिवेशनले चिजा राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

सोमबार बिर्तामोडमा भएको अधिवेशनबाट उपाध्यक्षद्वयमा गोपाल राई र सन्तोष राई रहेका छन् भने सचिवमा बेनु राई, सहसचिवमा देवी राई र कोषाध्यक्षमा सहाना राई छन् ।

त्यस्तै, समितिको सदस्यमा निशा राई, याम राई, प्रदीप राई, गोपाल राई, सीता राई, सुकु राई, वीरबहादुर राई, बसन्ती राई र लक्ष्मीश्वरी राई निर्विरोध चयन भएका छन् ।

उनीहरुलाई निर्वाचन मण्डलका अध्यक्ष तथा किरात राई यायोक्खा झापाका सहसचिव आनन्द राईले सपथ खुवाएका थिए ।

तदर्थ समितिकी अध्यक्ष चिजा राईको अध्यक्षतामा भएको उद्घाटन सत्रमा यायोक्खाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लि राई प्रमुख अतिथि थिए ।

कार्यक्रममा जिल्ला सल्लाहकार समर राई, जिल्ला सदस्यहरु उषा राई, अर्जुन राई, गणेश राई, सुनुवार सेवा समाज बिर्तामोडकी अध्यक्ष मनु मुखिया, नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडका सचिव सुन्दर लिम्बूले शुभकामना व्यक्त गरेका थिए ।

नगर समितिका सदस्य बेनु राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोपाल राईले गरेका थिए ।