भद्रपुर । भद्रपुर-८ स्थित पृथ्वी आधारभूत विद्यालयका विद्याथीलाई रोटरी क्लब अफ भद्रपुरले न्यानो कपडा उपलब्ध गराएको छ ।
रोटरी भद्रपुरले नै संरक्षकत्व प्रदान गर्दै आएको सो विद्यालयका एक सय विद्यार्थीलाई जाडोमा लगाने न्यानो ट्रयाक सुट वितरण गरिएको क्लवका अध्यक्ष टिकाराज ढकालले जानकारी दिए ।
विद्यालयको स्वर्ण उत्सव समापनको अवसर पारेर न्यानो कपडा वितरण गरिएको थियो । एक्सेल डेभलपमेन्ट बैंकको सहयोगमा न्यानो कपडा वितरण गरिएको थियो ।
समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रदेशसभा सदस्य वसन्त वानियाँले कपडा वितरण गरेका थिए ।