काँकरभिट्टा । छोरी मान्छे पनि घुम्नु पर्छ, आफ्नो ठाउँ आफ्नो देश लाइ चिन्नु पर्छ र विभिन्न ठाउँका सामाजिक तथा प्राकृतिक समस्यालाई कम गर्न र मद्दत गर्ने हेतु ले सुरु गरिएको सामाजिक संजाल फेसबुक पेज ‘अ वन्डर’ ले इलामको सन्दकपुर गाउँपलिका वडा नं. १ को आलुबरी गाउँ र अधिकारीबासमा कपडा वितरण गरेको छ ।

गत मंसिर महिनामा खोलिएको उक्त पेजको सञ्चालिका पुष्पा चौहानले सुरुको पहिलो महिना इलामको पर्यटकीयस्थल सन्दकपुरमा स्थलगत भ्रमण गरेकी थिइन् । त्यही भ्रमणको क्रममा उनले देखेका त्यहाँका समस्यालाई कम गर्न गत पुष २६, २७ , र २८ गते सन्दकपुर गाउँपलिकाको प्राबिधिक सहयोगमा कपडा वितरण गरेको हो ।

केही दाताहरुको आर्थिक सहयोग साथै रोडट्रयाक क्लब अफ बिर्तामोड मिडटाउन, राउण्ड टेबल बिर्तामोड २७ को सहयोगबाट संकलन भएको ब्ल्यांङकेट, सुईटर र लताकपडा वितरण गरिएको यस प्रोजेक्ट कि प्रोजेक्ट लिडर पुष्पा चौहानले बताइन् ।

गरिब र निम्न वर्गका मानिसलाई यस चिसोमा सहयोग गर्न पाउदा एकदमै मन आनन्द भएको चौहानलाई वितरणमा सहयोग पुराउन उनिसंगै आधिकारीबास पुगेकी स्वम्सेविका स्वछ्या बानियाँ बताउछिन् ।

आगामी दिनमा पनि ‘अ वन्डर’ गर्ललाई यस्ता सामाजिक र समाज परिवर्तनका काममा निस्वार्थ सहयोग अनि साथ दिने अर्की स्वयमसेविका बिनिता चौहान बताउछिन् ।