झापा । भद्रपुरको दुई भिन्न स्थानबाट प्रहरीले १८ गाईगोरु नियन्त्रणमा लिएको छ ।

नेपालबाट अवैधरुपमा लैजान लागिएको ती गाईगोरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राति अवैधरुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको तीन वटा गोरु र पाँच वटा गाई भद्रपुर–४ स्थित रङ्गेडाँडाबाट नियन्त्रणमा लिएको हो ।

त्यस्तै, प्रहरीले भद्रपुर–३ स्थित ७ नम्बर पिलरबाट अवैधरुपमा भारततर्फ लाँदै गरेको गोरु नियन्त्रणमा लिएको छ । प्रहरीचौकी किच्चकबधबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा आठ गोरु नियन्त्रणमा लिएको हो ।