बिर्तामोड । महेश झाको अध्यक्षतामा बाह्रदशी गाउँपालिकास्तरीय मैथिली समाज गठन भएको छ ।

मैथिली समाजको बाह्रदशीस्तरीय महिला मूल समूहको पहलमा मैथिली समाज गठन भएको हो । गठित समितिको उपाध्यक्षमा गायत्रीदेवी साह, सचिवमा लक्ष्मण साह, सहसचिवमा बचनलाल साह र कोषाध्यक्षमा सुनिता शर्मा रहेका छन् ।

समितिको सदस्यमा सीताराम यादव, वृजलाल सहनी, ज्योतिष मण्डल, टेकनारायण पण्डित, लीला साह, आशा पोद्धार, अनिता महत्तो, किशनलाल साह, उमेश मल्लिक, र बबिता साह रहेका छन् ।

त्यस्तै भगीरथ पोद्दार, टंक साह, प्रवानन्द झा, विनोद साह, गौरीशंकर पोद्दार, रामकुमार यादव, कपलेश्वर साह, र विनोद साहलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।

गठित समितिले मैथिली समाजलाई संगठित गर्दै हरेक गतिविधिलाई अगाडि बढाउने बताइएको छ ।