0 Shares

अर्जुनधारा । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाको प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाका अध्यक्ष पुण्य भट्टराईको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा शनिबार अर्जुनधारा–७ मा साधारणसभा सम्पन्न भएको हो ।

उपशाखाका उपसभापति गंगाप्रसाद मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपशाखाका सचिव कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

कार्यक्रममा नेकपा अर्जुनधाराका अध्यक्ष प्रेमसागर साकोटा, वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतम, कांग्रेसका नगर सभापति हेमराज खरेललगायतको उपस्थिति थियो ।

संस्थाले आर्थिक वर्ष २०७५÷७६ सम्ममा एक लाख ४१ हजार ८७० रुपैयाँ आम्दानी तथा खर्च ४७ हजार ७ ५९ रुपैयाँ गरी बचत ९४ हजार १११ रुपैयाँ गरेको अध्यक्ष भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।