0 Shares

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा सोमबार बिहानैदेखि मौसम सामान्य बदली भएको छ ।

बाँकी ठाउँमा मौसम सफा करहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो पनि मध्य र पूर्वका केही ठाउँमा सामान्य बादल लागे पनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

अहिले कुनै पनि मौसम प्रणाली सक्रिय नरहेकोले तत्काल पानी पर्ने सम्भावना नरहेको पनि अर्यालले जानकारी दिनुभयो ।