कालिस्थान । भद्रपुर–८ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल स्कुल अफ नर्सिङ, पिसिएल तेस्रो वर्ष १७औं ब्याचको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेमा अभ्यासरत विद्यार्थीहरुको सक्रियतामा अर्जुनधारा–१० स्थित मनास्लु युवा क्लबको संयोजन र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २३ पुरुष र १३ महिलासहित जम्मा ३६ जनाले रक्तदान गरेका थिए ।

क्लबका अध्यक्ष मनोज गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन क्लबका सदस्य धिरज तामाङले गरेका थिए ।