झापा । झापाको झापा गाउँपालिकाका ४० बिपन्न सन्थाल परिवारले बस्नका लागि नयाँ पक्की घर पाएका छन् ।

झापा गाउँपालिका वार्ड नं १ लसुनामा वर्षौंदेखि कच्ची घरमा बव्दै आएका सन्थाल परिवारलाई ह्युमानिटी फर हेल्भेटासको सहयोगमा विर्तामोडस्थित सहारा नेपाल र झापा गाउँपालिकासमेतको लगानीमा घर निर्माण गरी आज एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।

सहारा नेपालले ७५ हजार र गाउँपालिकाले ७५ हजार गरी डेढ लाख र घर पाउने परिवारको श्रमदानमा तीनकोठे पक्की घर निर्माण भएको हो ।

सधैं कच्ची घरमा जोखिमपूर्ण बसोबास गर्दै आएका सन्थाल परिवार नयाँ पक्की घर पाएपछि दंग भएका छन् ।

सहाराले यस आर्थिक वर्षभित्र छसय वटा घर निर्माण गरी विपन्न परिवारलाई प्रदान गर्ने संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभयो ।