भद्रपुर । जिल्लाको जेठो व्यावसायिक संस्था झापा उद्योग वाणिज्य संघले बिहीबार मेची अञ्चल अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

७०औं प्रजातन्त्र दिसको अवसर पारेर संघले बिहीबार बिहान अस्पतालका बिरामीलाई स्याउ, सुन्तला, केरा, अंगुरलगायतका फलफूल वितरण गरेको संघका महासचिव पंकजकुमार शर्माले जानकारी दिए ।

संघका अध्यक्ष नवराज पनेरुको नेतृत्वमा बिहानै अस्पताल पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले अस्पतालका सबै वार्डमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवम् अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल, अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ड डा. पिताम्बर ठाकुर, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालासमेतको सहभागिता थियो ।

संघले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रजातन्त्र दिसको अवसर पारेर फलफूल वितरण गरेको संघका विशिष्ट सदस्य अजय साहेवालाले बताए ।