0 Shares

अर्जुनधारा । अजुर्नधारा नगरपालिकाले भ्रमण वर्ष संन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्येश्यले नगरका सबै वडामा संञ्चालित कार्यक्रमअन्तर्गत आइतवार वडा नं ६ मा सम्पन्न भएको छ ।

प्रमुख अतिथि संघीय सांसद पवित्रा निरौला खरेलले पर्यटन वर्ष सफल बनाउन नगरले संञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको बताइन् । उनले जनताको जीवनस्तर उठाउन सबै क्षेत्र लाग्नुपर्ने पनि बताइन् ।

पर्यटन वर्ष मनाउने क्रममा नगरभित्रका कला, संस्कृति, साहित्य, खेलकुद क्षेत्रमा समेत नगरले ध्यान दिएको निरौलाको भनाइ थियो । आइतबार वडा नं ६ मा कला, संस्कृति, साहित्य तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रममा स्वास्थ्य शिविर, कृषि, पशु सेवालगायतका सेवा नागरिकका घरदैलोमै गएर प्रदान गरेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

वडा नं ६ का अध्यक्ष लोकानाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रमा उपप्रमुख कमला खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रष्ट परेकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललगायत विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधिकाे सहभागिता रहेको थियो । वडा सदस्य टुम्मनाथ काफ्ले र कार्यक्रम संयाेजक डम्बर यादवले संञ्चालन गरेकाे कार्यक्रममा वडा सदस्य लक्ष्मी महतराले अतिथिलाइ स्वागत गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा खेलकुदतर्फ विभिन्न विधाका छनौट कार्य सुरु भएको छ । त्यस्तै, भाषा, कला, साहित्य तथा संस्कृतितर्फ पनि छनौट चरण सुरु भएको बताइएको छ । भाेलि साेमबार वडा नं. ११ काे कार्यक्रम महारानीगञ्ज माविमा हुने नगर खेलकुद  विकास समितिका संयाेजक अर्जुन मेचेले जानकारी दिए ।