अर्जुनधारा । अजुर्नधारा नगरपालिकाले नगरलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधबार वडा नम्बर ९ मा सम्पन्न गरेको छ ।

वडा नम्बर ९ मा भएको महोत्सवमा कला, संस्कृति, साहित्यलगायतका कार्यक्रम गरिएको छ भने स्वास्थ्य शिविर, कृषि सेवा तथा पशु सेवालगायतका विभिन्न सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न जातीय नृत्य तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रदेश नं. १ प्रदेशसभा सदस्य बृख प्रधानकोे प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा, वडाध्यक्षहरु, जनप्रतिनिधिको उपस्थिति थियो । वडा नं. ९ का अध्यक्ष पुष्पकुमार प्रसाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अर्जुनधारा ७ बाट सुरु भएको नगर महोत्सवको वडास्तरीय पूर्वतयारी भोलि वडा नम्बर ८ मा सुरु भइ छनौट कार्यसँगै समापन हुनेछ ।