बुधबारे । जोइन्ट हेण्ड युथ सोसाइटी बुद्धशान्तिले शव बाहन खरिद गर्न अन्तिम तयारीमा जुटेको छ ।
करिब १ वर्षदेखि शव बाहन खरिद गर्ने लक्ष्य लिएको भए पनि सोसाइटीले आउँदो नयाँ वर्षमा शव बाहन खरिद गर्ने योजना राखेको सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईले बताए ।
हाल शव बाहन खरिदका लागि स्वफूर्त रकम प्राप्त भइरहेको बताइएको छ । स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी, संघसंस्थालगायत वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले शव बाहन खरिदका लागि आर्थिक सहयोग गरिरहेका छन् ।
सोसाइटीले फूल स्टल, देउसीभैलो कार्यक्रम, भाग्यशाली चिठ्ठा कार्यक्रम गरेर शव बाहन खरिदका लागि रकम संकलन गरेको थियो भने काठमाडौँ, हेटौँडालगायत स्थानीय क्षेत्रबाट रकम जुटिरहेको संस्थाका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् ।
बुधबारसम्म ९ लाखभन्दा बढी रकम संकलन भएको बताइएको छ । सहयोग गर्न संस्थाले सबैलाई अपिल पनि गरेको छ । बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, रोङ, बिर्तामोड, भद्रपुर, दमक, सूर्योदय, इलामलगायतका पूर्वी क्षेत्रमा शव बाहनले सेवा पु¥याउने अध्यक्ष प्रसाईको भनाइ छ ।
यस संस्था सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । संस्थाले सेवालाई पहिलो प्राथमिकतामा राखेर गतिविधि गर्दै आएको छ । यो संस्था बुद्धशान्तिका युवाहरुले सञ्चालन गरेको संस्था हो ।