बिर्तामोड । पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी सम्पन्न भएको छ ।
बिर्तामोडको अतिथि सदनमा भएको फोटो प्रदर्शनीको शुभारम्भ प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले गरेका थिए ।
मानिसका जीवनशैलीसँग सम्बन्धित विषयवस्तुलाई तस्वीरको माध्यमद्वारा उजागर गर्ने उद्देश्यले एकल फोटो प्रदर्शनी गरिएको फोटो पत्रकार विनोद पाण्डेले बताए ।
नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्षसमेत रहेका पाण्डेले देशका हिमालदेखि तराईसम्म बसोबास गर्ने मानिसका दैनिक जीवनका भोगाइ, जीवनयापनका लागि गरिएका संघर्ष लगायतका विषयलाई जोडेर जीवनशैली शीर्षकमा २५ वटा फोटो प्रदर्शनी गरिएको थियो ।