विराटनगर । ‘लकडाउन’ सुरु भएलगत्तै ठप्प भएका सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगहरुमध्ये केही उद्योग आंशिकरुपमा सञ्चालनमा आउन थालेका छन् ।

तर, आफूहरुसँग आवश्यक समन्वय नगरी ४३ प्रकारका उद्योग खोल्ने सरकारको एकलौटी निर्णयपछि धेरैजसो उद्योगी–व्यवसायी अलमलमा परेका छन् ।

करिब दुई महिनाअघिदेखि ठप्प रहेका सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योग सञ्चालनमा आउन थालेका छन् ।

लकडाउन सुरु भएसँगै ठप्प भएका करिडोरका केही उद्योग आंशिकरुपमा सञ्चालनमा आउन थालेका हुन् ।

तर, उद्योगी–व्यवसायीसँग आवश्यक समन्वय नगरी ४३ प्रकारका उद्योग खोल्ने सरकारको एकलौटी निर्णयपछि भने धेरैजसो उद्योगी–व्यवसायी अलमलमा परेका छन् ।

खाद्यान्नलगायतका अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्ने सरकारी निर्णयसँगै सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका केही उद्योग आंशिकरुपमा सञ्चालनमा आएका छन् ।

औद्योगिक क्षेत्रमा रहेका साना–ठूला गरी साढे ५०० उद्योगमध्ये झन्डै १०० उद्योग अहिले आंशिकरुपमा सञ्चालनमा आएका छन् ।

सञ्चालनमा आएका उद्योगहरुले पूर्णरुपमा सुरक्षा सावधानी अपनाएको जनाएका छन् ।

करिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दूध, साबुन, कुकिज, दाना उत्पादन गर्नेलगायतका उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा हात धुने छुट्टै व्यवस्था गरिएको छ ।

त्यस्तै, स्यानिटाइजर र मास्कलगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गरी कामदार तथा कर्मचारीले उत्पादनको काम गरिरहेका छन् ।

सरकारले गरेको निर्णयलाई पछ्याउँदै करिडोर क्षेत्रमा उद्योगहरु क्रमिकरुपमा खुलिरहेका छन् ।

तर, सरकारले निजी क्षेत्रसँगको समन्वयबिनै गरेको उद्योग खोल्ने निर्णयले भने करिडोर क्षेत्रका उद्योगी–व्यवसायी अलमलमा परेका छन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोरक्षेत्रका उद्योगहरूमा ५२ हजार कामदार तथा कर्मचारी कार्यरत् छन् ।

कतिपय उद्योगले मजदुरका लागि आवश्यक आवास तथा सुरक्षाको व्यवस्था गर्न नसक्दा उद्योग सञ्चालनमा आउन सकेका छैनन् । इमेज खबरबाट