बनियानी । झापाको गौरीगञ्ज गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

लकडाउनकै बेला शिवसताक्षी–४ बुलुचौकका ३५ बर्षीय रामबहादुर बिकलाई शुक्रबार राति गौरीगञ्ज–११ रंगेथानबाट उक्त परिमाणको ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रंगेथानमा रातको समयमा हिँडिरहेको अवस्थामा बिकलाई चेकजाँच गर्ने क्रममा ब्राउनसुगर बरामद भएको हो ।

लागुऔषधसहित पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस