शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले माछापालक किसानलाई अनुदानमा माछाको भूरा वितरण गरेको छ ।

शनिश्चरे बजारको देवकोटा चौकमा शुक्रबार बिहान ३० जनालाई माछाका भूरा वितरण गरिएको हो । नगरको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगरकी उपप्रमुख कमला खतिवडा आचार्यले किसानलाई माछाका भूरा वितरण गरेकी हुन् ।

नगर उपप्रमुख आचार्यले नगरपालिका कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउँदै कृषकलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भनेर लागिपरेको सुनाइन् । कृषकलाई लगानी गर्दै नगरलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन नगरले सहयोग गर्ने उनको भनाइ छ ।

लहानबाट ल्याइएको ४ लाख ८ हजार माछाका भूरा कृषकलाई वितरण गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । उनका अनुसार कृषकलाई ६० प्रतिशत अनुदानमा माछाका भूरा उपलब्ध गराइएको हो । वितरण गरिएको माछाका भूरामा ७ प्रजाति रहेको छ ।

नगरका माछापालक ३० जना कृषकले कम्तिमा चार हजारदेखि ४० हजारसम्म माछाका भूरा लिएको उनले बताए । यो कार्यक्रम पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाको स्वीकृत कार्यक्रम हो ।