विराटनगर । शुक्रबार प्रदेश १ मा ३० जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ३ सय ३३ पुगेको छ । प्रदेश १ का १३ वटा जिल्लामा संक्रमितहरु भेटिएका छन् ।

शुक्रबार झापाका १३ जनामा, सुनसरीका १० जना, उदयपुरका ४ जना, मोरङका २ जना र इलामका १ जनामा कोरोना पुष्टि भएको थियो । कोशी अस्पतालको ल्यावबाट १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ९ जना र धरानको प्रयोगशाला ल्यावबाट ३ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश १ को ओखलढुङा जिल्ला बाहेक सवै जिल्लामा संक्रमितहरु भटिएका छन् । सवै संक्रमितहरु भारतबाट आएका हुन । प्रदेश १ का जिल्लाहरुमा सवैभन्दा बढी झापा जिल्लामा मात्र १ सय ६९ जना संक्रमितहरु छन भने मोरङमा ४१ पुगेका छन् ।

यसैगरी सुनसरीमा ५० पुगेको छ भने, उदयपुरमा ४३, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १, संखुवासभामा २ जना, इलामामा २ जना र तेह्रथुममा २ जना संक्रमितहरु रहेका छन् ।

प्रदेश १ मा संक्रमिहरु थपिए संगै निको भएर जानेहरुको संख्या पनि बढ्न थालेको छ । धरानबाट शुक्रबार ८ जना डिस्चार्ज भए संगै डिस्चार्ज हुनेको संख्या १ सय ६३ पुगेको छ ।

संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ३० जना साथै धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ र मोरङको गोठगाँउ स्थित आइसोलेसन सेन्टरमा ८८ जनाको उपचार भइररहेको छ ।

उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । सामान्य लक्षण नभएका संक्रमितहरुलाई आइसोलेसन अस्पतालमा राखेर उपचार गरिने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।