विराटनगर । प्रदेश एक सरकारले प्रत्येक स्थानीय तहलाई समानरुपमा अनुदान उपलब्ध गराउने भएको छ ।

सोमबार प्रदेश आर्थिक मामिला मन्त्री इन्द्र आङ्ग्बोले प्रदेशभित्रका स्थानीय तहहरुलाई समानरुपमा बजेट छुट्याउने बताएका हुन् ।

आङ्ग्बोका अनुसार प्रत्येक स्थानीय तहहरुलाई बित्तिय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराउने बताएका हुन् । प्रत्येक स्थानीय तहहरुलाई तोकिएको रकमभन्दा नघट्ने गरी रकम उपलब्ध गराउने उनले बताए ।

त्यस्तै, संघीय सरकार मातहत रहेको विराटनगरस्थित कोशी अस्पतालमा प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रुपमा बनाउने भएको छ ।

कोशी अस्पतालमा हाल रहेको कोभिड १९ उपचार केन्द्रलाई अनुसन्धान केन्द्र बनाउन बजेट बक्तव्यका क्रममा ५० करोड छुट्याएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बताएका हुन् ।

यस्तै स्वास्थ्यको क्षेत्रमा प्रदेशले धनकुटा प्रादेशिक अस्पतालको स्तर उन्नति गर्ने भएको छ । प्रदेशभित्रका जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तर उन्नती गर्ने र २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको आङ्ग्बोले बताए ।