झापा । प्रदेश १ का सबै जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१४ जिल्ला रहेको प्रदेश नम्बर १ मा संक्रमणरहित रहेको ओखलढुंगामा पनि आइतबार कोरोना पुष्टि भएको छ ।

लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा पनि कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीका अनुसार संक्रमित व्यक्ति भारतको गोरखपुरबाट आएका थिए ।