बिर्तामोड । झापामा सोमवार थप तीन जना कोरोना भाइरसका संक्रमित देखिएका छन् ।

कुवतेबाट फर्किएका भद्रपुरका दुई महिला र भारतबाट फर्किएका दमकका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भद्रपुरका संक्रमित ती दुई महिला हिमाली माविको क्वारेन्टाइन बसेका छन् । दमकका संक्रमित पनि क्वारेन्टाइनमै थिए ।

नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या १९२ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सनजीवन चौलागाईंले बताए । १३२ जना निको भएर फर्किएका छन् ।