मोरङ । अस्पतालको बेडमा सुतेकी महिलालाई किस गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।

विराटनगर–७ स्थित कोशी अस्पतालको महिला मेडिकल वार्डमा बिरामी कुरुवा बसेकी महिलालाई चुम्बन गर्न खोजेपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पक्राउ पर्नेमा कटहरी गाउँपालिका, वडा नम्वर ४ बस्ने बर्ष २२ को सुरजकुमार मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार मण्डलले बुधवार राति साढे ३ बजे अस्पतालको बेड नम्बर २०२ मा रहेकी महिलालाई चुम्बन गर्ने प्रयास गरेका थिए ।

अहिले ती युवकलाई अभद्र व्यवहार अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।