बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने चिया कमानमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

मंगोलियन अनुहारकी सो महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख युवराज राईले बताए ।

आज दिउँसो बेवारिसे अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

घटना के कारणले भएको भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ । शव मेची राजमार्गदेखि करिव ३ सय मिटर पूर्व बुद्धशान्ति गाउँपालिका ४ को बर्ने चिया कमानमा भेटिएको हो । शवकोे पहिचान हालसम्म खुल्न सकेको छैन ।