झापा । अर्जुनधारा नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । १० गते नगरको सुखानी शहिद स्मृति पार्कबाट सुरु भएको नगरसभा शुक्रबार सम्पन्न भएको हो ।

नगरको प्रस्ताबित नीति तथा कार्यक्रम संशोधनसहित पारित भएसंगै नगरले विषयगत बजेट बाँडफाँडमा कृषि विकासमा ९८ लाख ५० हजार, पशुपक्षी विकासमा एक करोड ४० लाख, पर्यटन विकासमा ३० लाख र सहकारी उद्योग तथा वाणिज्यमा एक करोड रुपैयाँ छुट्याएको छ ।

सामाजिक विकासमा तीन करोड ७० लाख, स्वास्थ्यमा ९० लाख, आयुर्वेद स्वास्थ्यमा ३५ लाख, शिक्षामा एक करोड ६ लाख, खानेपानी तथा सरसफाइमा ५ लाख, भाषा कला संस्कृति प्रवर्दनमा ६ लाख, सामाजिक समावेशीकरणमा ६५ लाख रुपैयाँ छुट्याएको छ ।

पूर्वाधार विकासमा नगरपालिकाले ९ करोड ९९ लाख, सुशासन तथा संस्थागत विकासमा ४५ लाख, जलउत्पन्न प्रकोप नियन्त्रका लागि ८० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

नगरले आर्थिक बर्ष २०७७/०७८ का लागि सामाजिक सुरक्षा भत्ताबाहेक ७९ करोड ६३ लाख ४१ हजार रुपैयाँ बजेट छुट्याएको छ ।