झापा । झापा गाउँपालिकाले सन्थाल समूदायको लागि छुट्टै नयाँ बस्ती निर्माण गरी दिएको छ ।

झापा गाउँपालिका–२ मा निर्माण भई रहेको एकीकृत सन्थाल बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

जिल्लामै पहिलो पटक सन्थाल समुदायका लागि गाउँपालिकाले सन्थाल वस्ती निर्माण गरेको हो ।

यो समुदायको संरक्षण र विकासकालागि गाउँपालिकाले संघीय सरकारसंग समन्वय गर्दै सन्थाल बस्ती निर्माण गरेको गाउँपालिका उपाध्यक्ष कुन्तादेवी वुढाथोकीले बताउनुभयो ।

९२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको एकीकृत सन्थाल बस्तीमा उनीहरुको रहन सहन झल्कोने गरी संस्कार संस्कृतिको समेत संरक्षण गरीने छ ।

तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत गाउँपालिकाले विपन्न सन्थाल समुदायका २० परिवारलाई राख्ने तयारी गरेको छ ।