सन्ताेष नेम्बाङ
दुइटा फूल देउरालीमा
तिम्रै नाउँमा चढाइ दिउँकी
केही उकालो केही ओरालो
हात समाइ डोहोर्याइँ दिउँकी
भिरभरि वैँश फूलेझैँ
ढकमक्क गुराँस फूलेको
त्यही फूल टिपी ल्याइ
तिम्रै शिरमा सिउँरी दिउँकी
कलकल चोखो तिम्रो वैँशझैँ
बगिरहेको पानी अञ्जुलीमा लिई
युगौँ युगको प्यास मेटाउन
तिम्रो प्यासी ओँठमा पिलाइ दिउँकी
तिमी हेरिदेऊ नित्य मायालु नजरले
म डुबिरहने छु सारा जीवन
बाँच भन यसरी नै बाँच्न सक्छु
भन्छौँ भने यसरी मरी दिउँकी
अर्जुनधारा ७, झापा