झापा । कन्काई खोलाको बाढीले झापा गाउँपालिकाका केही बस्तीमा फेरि कटान सुरु गरेको छ ।

झापा गाउँपालिकास्थित सशस्त्र प्रहरी बल बीओपीका इन्स्पेक्टर सचिन श्रेष्ठका अनुसार कन्काईको कटानले झापा गाउँपालिका ७ स्थित राई गाउँमा बाढी पसेको हो । बाढीले बस्तीका करिब ५० घर डुबानमा परेको छ ।

‘बाढीले कटान गरेर गाउँ पसेको खबर आएको छ’, इन्स्पेक्टर श्रेष्ठले भने, ‘उद्धार र बाँध मर्मतका लागि घटनास्थल गयाैँ ।’

सशस्त्र प्रहरी, सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा बुधबार मात्रै यो ठाउँको बाँध मर्मत गरिएको हो । अघिल्लो पटक जनताको तटबन्धन भत्काएर बाढी पस्दा झापा १ र २ का करिब डेढ सय घर डुबानमा परेको थियो ।

विस्थापित सबैलाई सेतुमारी र लक्ष्मी प्राविमा राखिएको छ । कान्तिपुरबाट