झापा । बगानमा कार्यरत मजदुर सम्वद्ध संगठनले कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएको तर रोजगारदाताहरु संवेदनशील नवनेको आरोप लगाएका छन् ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै मजदुर सम्वद्ध तीन संगठनहरु नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया वगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले चियाको मूल्य विगतको वर्षभन्दा यस वर्ष चौगुणाले बृद्धि भएको तर श्रमिकले भने आफूले पाउनु पर्ने सेवा सुविधाबाट समेत बञ्चित हुनु परेको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले बताइन् ।

श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था भएकोले २०७७ साउन १ देखि लागू हुने गरी चिया श्रमिकहरुको पारिश्रमिक वृद्धि गर्नु पर्ने तथा पत्ती डबली समय अनुकुल वृद्धि गरिनु पर्ने उनीहरुको माग छ ।

चिया वगानमा झण्डै ५०-५२ हजार मजदुर कार्यरत रहेको र उनीहरुको बढेको ज्याला पाउने पर्ने नेपाल चिया वगान श्रमिक संघका अध्यक्ष दीपक तामाङको भनाई छ ।

२०७५ साल साउन १ गतेदेखि वृद्धि भएको दैनिक १०७ रुपैयाँ बरावरको रकम २०७५ साउन १ गते देखि २०७६ वैशाक ३० गते सम्मको २०७६ चैत मसान्त सम्ममा भुक्तानी दिईसक्ने भनी २०७६ वैशाख ३० गते सम्झौता भएकोमा हालसम्म पनि चिया श्रमिकले उक्त रकम नपाएको हुँदा यथाशिघ्र सो रकम भुक्तानी दिनुपर्ने र मजदुरलाई सामाजिक सुरक्षा एेन अन्तरगत सामाजिक सुरक्षा कोषमा श्रमिकहरुलाई सूचिकृत गरिनु पर्ने नेपाल टे«ड युनियन झापाका अध्यक्ष यज्ञप्रताव अधिकारीले बताए ।

कोरोनाको संत्रास बढिरहेका बेला जोखिम मोलेर दैनिक काम गर्ने मजदुरको सुरक्षा व्यवस्था पर्याप्त नभएको र ज्याला समेत नपाएको भन्दै मजदुर नेताले यताशिघ्र महामारीबाट बच्न आवश्यक सुरक्षा सामग्री समेत उपलब्ध गराउन माग गरेका छन् ।