विराटनगर । विराटनगरको कोशी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर– ८ मधुमारा बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको स्थायी ठेगाना कटहरी १ हो । तर, लामो समदेखि विराटनगर– ८ मधुमारा बस्दै आएका थिए ।

ति पुरूषको सोमबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार कोशी अस्पतालमा भर्ना गरिएको थियो । सोमबार बेलुका साढे ५ बजे उनको मृत्यु भएको हो । उनको रिपोर्ट पनि सोमबार नै आएको थियो । मृतकको शव व्यवस्थापन गर्ने तयारी भइरहेको बस्नेतले बताए ।

यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यस अघि विराटनगर–९ का दुई जनाको मृत्यु भएको थियो ।

विराटनगर महानगरपालिका वडा नम्बर – २, ३, ५, १० र १५ मा एक एक जनाको मृत्यु भएको थियो ।