बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले रानाको सरुवा गरेको हो ।

नेपाल प्रशासन सेवा राज पत्राङ्कित प्रथम श्रेणीका सह सचिव राना मगरलाई परराष्ट्र मन्त्रालय अन्तरगत सरुवा गरिएको छ ।

प्रजिअ रानाले आफ्नो सरुवा भएको बताउँदै काभ्रेका प्रजिअ झापा आउने सम्भावना रहेको औँल्याए ।

रानाले २०७६ असोजदेखि झापामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।