झापा । झापाको अर्जुनधारा–९ स्थित गोलधापमा जुस एण्ड लस्सी हाउस सञ्चालनमा आएको छ । वैदेशिक रोजगारीबाट फर्केका अर्जुनधारा–९ का युवा राजन नेपालले सो जुस हाउस सञ्चालनमा ल्याएका हुन् ।

सोमबार नेपाल कम्युनिष्ट पार्टी प्रदेश १ का अध्यक्ष देवराज घिमिरे तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले संयुक्तरुपमा जुस हाउसको उद्घाटन गरे ।

७ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको हाउसमा ३ जनाले प्रत्यक्ष रोजगारी समेत पाउने नेपालले जानकारी दिए । फलफूलको जुस, लस्सी, कफीलगायतका स्वास्थ्यका लागि आवश्यक ताजा पेय सामग्री पाइने नेपालले जानकारी दिए ।

नेपालले केही समय अघि अर्जुनधारा नगरले प्रदान गरेको लस्सी तालिमबाट सिकेको सीपलाई आत्मसाथ गर्दै हाउस सञ्चालनमा ल्याएका हुन् ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, पशु सेवा शाखाका प्रमुख पदम राई, कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष टसबहादुर प्रधानलगायतको उपस्थिति थियो ।