झापा । पछिल्लो २४ घण्टाभित्र झापाका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४ जना महिला र १५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ महिला र १ पुरुष, बिर्तामोडका २ महिला र ३ पुरुष, गौरादहका २ महिला र ३ पुरुष, कनकाईका ३ जना पुरुष, भद्रपुरका १ महिला २ पुरुष, अर्जुनधाराका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कमल र बुद्धशान्ति गाउँपालिकामा १-१ जना महिला र हल्दिबारीमा एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी गौरादह नगरपालिकाका २ व्यक्तिको कोरोना संक्रमणका कारण निधन भएको छ । मृत्यु हुनेमा गौरादह ८ का ६३ वर्षीय पुरुष र गौरादह ७ की ७५ वर्षीया महिला रहेका छन् ।