अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ को आफ्नै कार्यालय भवन बन्ने भएको छ ।

बिहीबार एक कार्यक्रमका बीच वडा कार्यालय भवनको प्रदेश सांसद बृख प्रधान, नगरप्रमुख प्रमुख हरिकुमार राना तथा भवन निमार्ण समितिका अध्यक्ष खगेन्द्र इङ्नामले संयुक्तरुपमा शिलन्यास गरेका छन् ।

वडा कार्यालय छ कोठाको १ तले भवन बन्ने भएको हो । करिब ६१ लाख ९९ हजार ८४९ रुपैयाँको लागतमा यहि आर्थिक बर्षभित्र सम्पन्न हुने गरी वडा भवन बन्दैछ । भवन शिलान्यास कार्यक्रममा प्रदेश सासंद प्रधान, नगरप्रमुख राना, ११ नम्बर वडाध्यक्ष भैरब खड्का, १० नम्बरका वडाध्यक्ष बलदेव गोम्देन लगायतको आतिथ्यता रहेको थियो ।