राजगढ । दिनहुँजसो आउने जंगली हात्तीले झापाको बाह्रदशी गाउँपालिका १ मा घर भत्काएर क्षति गरेको छ ।

शनिबार बिहान दुई वटाको सँख्यामा आएका हात्तीले मंगलु राजवंशी, कर्वली राजवंशी र भुपेन्द्र राजवंशीको घर भत्काएर क्षति पुर्याएको हो ।

मंगलु र कर्वलीको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । त्यस्तै भुपेन्द्रको भकारी भत्काएर हात्तीले करीव २० मन धान नोक्सानी गरेको छ । हात्तीले घर भत्काएपछि दुई घर विस्थाापित बनेका छन् ।

उनीहरुलाई सबैको सरसहयोगमा बस्ने ब्यबस्था मिलाइएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । नजिकैको चारकोशे जंगलबाट आउने जंगली हात्तीले बाह्रदशी १, २ र ३ मा लगातार क्षति गर्दै आएको उनले बताए ।