काठमाण्डौ । पूर्वी तराईमा लागिरहेको कुहिरो र हुस्सुले मङ्गलबार (आज) ११ वटा उडान स्थगित भएका छन् ।

हुस्सुले विराटनगर विमानस्थल सबैभन्दा प्रभावित भएको छ । मङ्गलबार काठमाण्डौ-विराटनगर रुटका कुनै पनि उडान नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बुद्ध एअरका मात्रै विराटनगर उडान तालिका भएका पाँच वटा उडान स्थगित भएका छन् । यस्तै यती र श्री एअरलाइन्सका तीन-तीन वटा उडान स्थगित भएका छन् ।

पछिल्लो केही दिनयता तराईमा लागेको हुस्सु र कुहिरोले आन्तरिक उडान अस्तव्यस्त हुँदै आएका छन् ।