भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले एक वृद्धा र एक जना दृष्टिविहीनलाई नागरिकता प्रदान गरेको छ ।

जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नम्बर ७ सिक्रेटारकी ९० वर्षीया वृद्धा मनमाया राई र सोही गाउँपालिका वडा नम्बर १ याङपाङ निवासी ६६ वर्षीया दृष्टिविहीन भीममाया राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता प्रदान गरेको हो ।

अरुण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष डिल्लीराम अधिकारी र वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र खत्रीको पहलमा दुवै जनालाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले नागरिकता हस्तान्तरण गर्नुभएको थियो ।