काठमाडौं । नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको सङ्ख्या घट्दै गएको बताइएको छ ।

नेपालमा करिब ८८७ प्रजातिका चराहरू पाइन्छन्। खासगरी तालतलैया तथा सिमसार क्षेत्र वरपर विकासनिर्माण तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले विज्ञहरूको भनाइ छ ।

काठमाण्डूको टौदह, वाग्मती र मनोहरा नदी अनि चितवन र पोखराका विभिन्न तालसहितका ठाउँहरूमा स्वयंसेवकहरूलाई परिचालन गरेर गणना गरिएको थियो। नेपालमा पाइनेमध्ये झन्डै एकतिहाइ जलपन्छी कपिलवस्तुको जगदीशपुर तालमा भेटिन्छ ।

नेपालमा धेरैजसो जाडो याममा चीन, मङ्गोलिया तथा रुसको साइबेरियासम्मबाट जलपन्छीहरू आइपुग्छन् । कर्‍याङ्‌कुरुङजस्ता कतिपय पक्षी भारतको गुजरातसम्म पनि पुग्ने गरेको बताइन्छ ।

जलक्षेत्र, सिमसार तथा तालतलैयावरपर विकास तथा पर्यटनका नामबाट गरिने डुङ्गा विहार, भोजभतेर, वनभोज, लाउड स्पीकरको प्रयोगजस्ता गतिविधिले चराहरूलाई विघ्न पार्ने विज्ञहरूको भनाइ छ ।

तालतलैया तथा सिमसार क्षेत्रवरपर विकासनिर्माण हुने तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले बताएका छन् ।