इलाम । इलामको सूर्योदय नगरपालिका–३ रुङसुङमा सोमबार दिउँसो पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय चालक रेसमबहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट घाईते भएका चालक रायलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामले जनाएको छ ।