तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाका सीपबिहीन महिलाहरु गाउँमै सीप पाएपछि आत्मर्निभर बन्न थालेका छन् ।

गाउँमै ४५ दिने सिलाईबुनाई तालिम पाएका उनीहरु अहिले आँफै स्वरोजगार बन्न थालेका हुन् । घरकै काममा अल्झिएका महिलाहरु गाउँमै सीप लिन पाएपछि संयुक्त रुपमा सिलाईबुनाईको काममा लागेका छन् ।

सीप लिएसँगै उत्पादन गरेको वस्तुलाई बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेपछि उनीहरु काममा उत्साहित भएका हुन् । हातमा सीप भएपछि यहाँका महिलाहरुको आय आर्जनमा समेत टेवा पुगेको छ ।

सीप लिएपछि उनीहरुले स्वीटर, ज्याकेट, टोपी बुनेर बजारमा पुर्‍याउन थालेका छन् ।