झापा । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ रामचोकमा शनिबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ५५२० नम्बरको मोटरसाईकलमा पछाडि सवार अर्जुनधारा नगरपालिका वडा नं ७ की सुसना राईको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएकी २७ वर्षीया राईको उपचारको क्रममा विर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापा सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककी ४ वर्षीया छोरी र श्रीमान् छन् ।