बिर्तामाेडकाे मुक्तिचाेक । फाइल तस्वीर ।

बिर्तामोड । झापा जिल्लामा आइतबार रातिदेखि निषेधाज्ञा सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले आइतबार रातिदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि स्थानीय प्रशासनले २६ गतेसम्म आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

समुदाय तहमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

भिडभाड हुने सबै सार्वजनिक कार्यक्रम गर्न पाइने छैन भने यस अवधिमा जोर विजोर प्रणालीअन्तर्गत सवारीसाधन गुड्न भने पाउनेछन् ।

स्वास्थ्य सामग्री तथा औषधि पसलबाहेकका अन्य पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइनेछ ।