काँकरभिट्टा । मेचीनगर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ ।

आज बिहान ३ बजे कोइला फ्याक्ट्रीमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो । सो आगलागी इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा, प्रहरी चौकी ज्यामिरगढीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा, सशस्त्र प्रहरी समेतको संयुक्त टोली परिचालन भएको छ ।

यस्तै भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकलले निभाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षतिको विवरण आइनसकेको डिएसपी राकेश थापाले बताए ।