झापा । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को अहिले भर्खरै सम्पन्न बैठकमा भोलिदेखि पूर्णरुपमा निषेधाज्ञा लगाउने विषयमा निर्णय भएकाे हाे । झापामा सोमबारदेखि आंशिकरुपमा निषेधाज्ञा लगाइएको थियाे ।

बैठकमा सहभागी डिसीसीएमसीका सदस्य तथा जिल्ला समन्वय समितिका सभापति साेमनाथ पाेर्तेलका अनुसार भाेलि बुधबार बेलुकादेिख सुरू हुने पूर्ण निषेधाज्ञा वैशाख मसान्तसम्म रहनेछ ।

आंशिक निषेधाज्ञामा विहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात संचालन भइरहेको छ । अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल, बजार, यातायात पूर्ण रुपमा बन्द गरिने छ ।

कुनै पनि जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय पुगेपछि प्रशासनलाई पूर्ण निषेधाज्ञा लगाउन पाउने अधिकार छ । झापामा सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ ।