झापा । पछिल्लो २४ घण्टाभित्र झापामा १७८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७९ जना महिला र ९९ जना पुरुष छन् ।

सबैभन्दा बढी बिर्तामोडका ४१ जना रहेका छन् । जसमा १९ महिला र २२ जना पुरुष रहेका छन् । बिर्तामोडपछि भद्रपुरका ३४ जनामा संक्रमण पुष्टि भएको छ । भद्रपुरमा १९ महिला र १५ पुरुष संक्रमित भएका हुन् ।

यसैगरी, दमकमा ३२ जनामा संक्रमण भएको छ । जसमा ९ महिला र २४ पुरुष छन् । कनकाईमा ४ महिला र १० पुरुष, अर्जुनधारा र कमल गाउँपालिकामा ४-४ महिला र ५-५ पुरुषमा पनि संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

यस्तै, गौरादहमा २ महिला र ४ पुरुष, झापा गाउँपालिकामा २ महिला र ३ पुरुष, शिवसताक्षीमा २ महिला र १ पुरुष, बुद्धशान्ति र कचनकवलमा १-१ महिला तथा २-२ पुरुष, हल्दिबारीमा १ महिला र १ पुरुष तथा पालिका नखुलेका ६ महिला र १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ५ हजार ६ सय पुगेको छ भने आज झापाका ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४२ पुगेको छ ।