झापा । जिल्लाको उत्तरी नगरपालिका अर्जुनधाराले २० बेडको आइशोलेसन तयार गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरले आइशोलेसन स्थापना गरेको हो ।

नगरको स्वास्थ्य शाखाले अर्जुनधारा ४ मा रहेको स्वास्थ्य चौकीको भवनमा २० बेडको आइशोलेसन तयारी अवस्थामा राखेको स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले जानकारी दिए । गतवर्ष पनि त्यहाँ आइशोलेसनकै रुपमा प्रयोग गरिएको थियो ।

यसैगरी, अर्जुनधारा ३ मा ७५ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ । गतवर्ष स्थापना गरिएको क्वारेन्टाइनलाई यसपटक पनि सञ्चालनमा ल्याइएको संयोजक बस्नेतले बताए ।

पछिल्लोपटक अर्जुनधारामा ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको छ । १० जना निको भएर घर फर्किसकेका छन् ।